PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

घरबाट 'उठाएर' लगेका शिक्षकको गोली हानी हत्या, घटनास्थल पुग्दै प्रहरी



पहिलोपोस्ट

घरबाट 'उठाएर' लगेका शिक्षकको गोली हानी हत्या, घटनास्थल पुग्दै प्रहरी

काठमाडौं : मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ । 

मोरङको मिक्लाजुङ् गाउँपालिका १ बर्खे भन्ने जंगलमा गोली हानी हत्या गरिएको हो।

'गोली हानेर हत्या भएको जानकारी आएको छ। हाम्रो टोली घटनास्थलमा पुग्दैछ। त्यसैले अहिले यही भन्ने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले भने।

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक रहेका ५२ वर्षीया राजेन्द्र श्रेष्ठको हत्या भएको हो। उनलाई आज बिहानै अज्ञात समूहले घरबाट लगेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell