उत्तरी आयरल्यान्डकी एक नब्बे वर्षीया बृद्ध पहिलो कोभिड १९ विरुद्धको खोप फाइजर लगाउने व्यक्ति भएकी छिन्। ट्रायलभन्दा बाहिरका व्यक्तिमा उनी पहिलो भएको बीबीसीले जनाएको छ। यससँगै बेलायतमा सर्वसाधारणका लागि कोरना भाइरसविरुद्धको खोप जनस्तरमा गएको छ।
इनिस्किलिनकी मार्गरेट किनानले युनिभर्सिटी अस्पताल कोभेन्ट्रीमा खोप लगाएपछि आफू अत्यन्तै विशेषाधिकार प्राप्त व्यक्ति झै भएको अनुभूति सुनाइन्।
हब्सले बेलायतमा ८० वर्षभन्दा माथि र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप लगाउने छ।
