PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

आम आदमी पार्टीको आरोप : दिल्लीका मुख्यमन्त्रीलाई नजरबन्दमा राखियो



पहिलोपोस्ट

आम आदमी पार्टीको आरोप : दिल्लीका मुख्यमन्त्रीलाई नजरबन्दमा राखियो
किसान आन्दोलनमा केजरीवाल: तस्बिर पीटीआई

भारतमा आम आदमी पार्टीले दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवाललाई दिल्ली पुलिसले नजरबन्दमा राखेको आरोप लगाएको छ। सोमवार आन्दोलनमा उत्रिएका किसानहरुलाई भेटेर फर्किएका केजरीवाललाई घरमै प्रहरीले नजरबन्दमा राखेको पार्टीको आरोप रहेको छ। यद्यपि प्रहरीले यो आरोपलाई अस्वीकार गरिसकेको छ।

प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै आम आदमी पार्टीका प्रवक्ता सौरभ भारद्वाजले केजरीवाललाई दिल्‍ली पुलिसले घरमै नजरबन्दमा राखेको आरोप लगाएका हुन्।

'गृह मन्त्रालयको संकेतमा दिल्ली पुलिसले केजरीवाललाई किसान आन्दोलनबाट फर्किएसँगै 'हाउस एरेस्ट' गरेको छ। कसैलाई पनि उनको निवासमा जान वा निस्कन दिइएको छैन,' भारद्वाजले भनेका छन्।

उता दिल्ली पुलिसले भने उक्त दाबी गलत भएको भन्दै केजरीवाल आफूले चाहेको स्थानमा जान आउन स्वतन्त्र भएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell