PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

तीन घण्टासम्म चलेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले भने : संविधान विरोधी गतिविधि रोक्न एक जुट हौं



पहिलोपोस्ट

तीन घण्टासम्म चलेको सर्वदलीय छलफलमा प्रधानमन्त्रीले भने : संविधान विरोधी गतिविधि रोक्न एक जुट हौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ।

११ बजे सुरु भएको बैठक तीन घण्टासम्म चलेको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी थिए। बैठकको सुरुमा राजनीतिक दलका नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्रीले संविधान विरोधी गतिविधि नियन्त्रणमा सम्पूर्ण दललाई एक हुन आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

'प्राप्त उपलब्धिहरूको  रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको छ,' उनले भने।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेपाल कम्यनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु लगायतका नेताहरु सहभागी थिए।

पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell