PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बालुवाटारको सर्वदलीय बैठक: काँग्रेसले गर्‍यो सरकारको आलोचना, राप्रपाले 'राजा' माग्दा सबै मौन



प्रकाश भण्डारी

बालुवाटारको सर्वदलीय बैठक:  काँग्रेसले गर्‍यो सरकारको आलोचना, राप्रपाले 'राजा' माग्दा सबै मौन

काठमाडौं: बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले सरकारको आलोचना गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारका हालसम्मका गतिविधिबारे आलोचना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

गणतन्त्र बिरोधी गतिविधिलाई सरकारले रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भन्दै सरकारको आलोचना गरेका थिए। बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी नेताहरुलाई स्वागत गर्दै संविधान विरोधी गतिविधि तथा हिसांत्मक क्रियाकलापप्रति सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका थिए।

ओलीले कोरोना नियन्त्रमा सरकारले प्रभावकारी रुपमा काम गरिरहेको दाबी गरे। उनले सबै दलका तर्फबाट आएका आलोचनालाई आफूले आत्मासाथ गरेको बताएका थिए।

'दलहरुलाई साझा धारणा बनाएर जाऔं भन्ने प्रधानमन्त्रीको धारणा रह्यो। सबै आलोचनाहरुलाई आत्मासाथ गरेर अघि बढछु भन्नुभएको छ,' ओलीको भनाई उद्धृत गर्दै थापाले भने।

सरकारकै कारण सडकमा प्रदर्शन

नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री प्रकाश शरण महत, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए। सह-महामन्त्री महतले सरकार कोरोना नियन्त्रणमा असफल भएको धारणा राखेको जानकारी दिए।

'जहासँम्म कोरोनाको विषय छ। यसमा सरकार असफल भयो भन्ने धारणा राखेका छौं,' उनले भने, 'नागरिकको आधारभूत स्वास्थ्य सुरक्षा पनि सरकारले गर्न सकेको छैन भन्ने कुरा राखेका छौँ।'

भ्रष्टाचार, विभेदकारी तथा दमनकारी सरकारको प्रवृतिवारे पनि कांग्रेसले विरोध गरेको उनले जानकारी दिए।

तनहुँमा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको थियो। संसद नबोलाइएको बिषयमा पनि नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ। 'संसद नबोलाइएको विषयमा पनि हामीले हाम्रो धारणा राख्यौं,' महतले भने।

महतले अहिले सडकमा भइरहेको प्रर्दशन सरकारकै कारणा भइरहेको धारणा बैठकमा राखेको जानकारी दिए। उनले सरकारप्रति निराशा बढ्दा सडकमा त्यो छरपष्ट भएको बताए।

'सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति अनुसार चल्यो भने कुनै प्रवृत्ति सफल हुन सक्दैन,' उनले भने।

सरकारले संविधान कार्यन्वयनमा विभेदकारी नीति अपनाएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो।

प्रधानमन्त्रीले कांग्रेसको आलोचनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै आत्मसाथ गर्ने जवाफ फर्काएका थिए।

राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्रबारे निर्णय गरौं

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहोराले सडकमा भएको प्रदर्शनबारे आफ्नो धारणा राखेका जानकारी दिए। उनले प्रदर्शनमा आफ्नो पार्टीको समर्थन रहेको बताए।

'सडकको आन्दोलन प्रति पूर्ण समर्थन छ भन्यौं। राजालाई पनि यही संविधान अन्तर्गत राखेर अघि बढन सकिन्छ कि। हामीले विकल्प दियौं,' उनले भने। राजा सहितको लोकतन्त्र र धर्मनिरपेक्षताका विषयमा सर्वदलीय बैठकबाट निर्णय गर्न आफूले माग गरेको बोहोराले जानकारी दिए। तर प्रधानमन्त्रीले आफ्नो विषयबारे जवाफ नदिएको उनको भनाई छ।

'सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्रको माग गरेपछि कतैबाट जवाफ आएन। यो दुई मुद्दामा सर्वदलीय बैठकबाट निर्णय गर्नुपर्छ भनेका छौं,' उनले भने। बालुवाटारमा बसेको बैठक तीन घण्टासम्म चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell