PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीलाई रामचन्द्र पौडेलको प्रश्न : मन्त्रीले गरेको भ्रष्टाचार ढाकछोप गर्न आफै अगाडि सरेको ?



पहिलोपोस्ट

ओलीलाई रामचन्द्र पौडेलको प्रश्न : मन्त्रीले गरेको भ्रष्टाचार ढाकछोप गर्न आफै अगाडि सरेको ?

काठमाडौं : बालुवाटारमा मंगलवार सम्पन्न सर्वदलीय बैठकमा विपक्षी दलहरुले सरकारको आलोचना गरे। संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारले गणतन्त्र विरोधी गतिविधिलाई रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भएको भन्दै प्रश्न उठाएका थिए।

सो क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए। प्रधानमन्त्रीको भूमिका समन्वयकारी नदेखिएको पौडेलको आरोप थियो। आफ्ना आफन्त र मन्त्रीहरूका भ्रष्टाचारका आरोपहरूको ढाकछोपमा आफै अगाडि सरेको आरोप लगाउँदै नेता पौडेलले ठूला भ्रष्टाचार काण्डमा अख्तियार असफल भएको र अदालत समेत प्रभावमा पारिएको जस्तो देखिएको बताए।

कोरोना भाइरसको रोकथाममा समेत सरकार जिम्मेवार नदेखिएको उनको आरोप थियो।

उनले प्रश्न गरे, ‘अहिले जनतालाई परेको समस्याका बारेमा कुनै दिन सोच्नु भएको छ? कोरोना भाइरस रोकथामका बारेमा के के गर्नुभएको छ?’

संविधानले परिकल्पना गरेका आयोगहरूका ३९ पद अहिले सम्म खाली रहेको स्मरण गराउँदै नेता पौडेलले पारदर्शी ढंगले उपयुक्त व्यक्तिको छनोट गर्नुको सट्टा आफू र कांग्रेस सभापतिले अनुकूल ठान्ने व्यक्ति खोजेकोमा विरोध गरे।

उनले भारतसँगको सम्बन्धको बारेमा पनि ओलीलाई प्रश्न गरे।

‘अयोध्या माडीमा पर्छ जस्ता कुरा भनेर भारतलाई चिढ्याउने कुरा किन गर्नभो? अनि त्यस्ता कुरालाई थुमथुमाउन फेरि तपाईँले के कस्तो तहमा ओर्लेर मेहनत गर्नुपर्‍यो? यसले हाम्रो गरिमा कति बढाउने घटाउने गर्‍यो?’ उनले प्रश्न गरे।

नेता पौडेललको संसद अधिवेशन बोलाउन समेत प्रधानमन्त्रीसँग माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell