PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सगरमाथाको उचाइ नाप्न खटेको टोलीको सम्मान

सगरमाथाको उचाइ नाप्न खटेको टोलीको सम्मान

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले सगरमाथाको उचाइ मापनका लागि खटेको टोलीको सम्मान गरेको छ।

मंगलबार नापी विभागमा आयोजित कार्यक्रममा पराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले टोलीलाई सम्मान गरेका हुन्। 

नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।

सगरमाथाको उचाइ मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ। 

उक्त कार्यक्रममा सगरमाथाको नयाँ उचाइ ८ हजार ८४८.८६ रहेको घोषणा गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell