PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

लाइपजिगसँग पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो



पहिलोपोस्ट

लाइपजिगसँग पराजित भएसँगै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। रेडबुल एरेना लाइपजिगमा भएको खेलमा घरेलु टोलीले युनाइटेडमाथि ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमै सबिट्जरको पासमा एन्जेलिनोले गोल गर्दा अग्रता बनाएको थियो। त्यस्तै १३ औं मिनेटमा अमडउ हैदरले दोस्रो गोल थपे। पहिलो हाफमा लाइपजित २ गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा जस्टिन क्लुइभर्टले घरेलु टोलीका लागि अर्को गोल गरे। उनले ६९ मिनेटमा गोल गर्दा लाइपजिग ३-० को सहज अवस्थामा पुगिसकेको थियो।

उता युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ८० औं मिनेटमा खाता खोले। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै ८२ औं मिनेटमा फर्नान्डेजकै पासमा पउल पोग्बाले गोल गरे। यद्यपि यो खेलमा फर्कन पर्याप्त भएन।

जितसँगै लाइपजिगले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ भने युनाइटेड अन्तिम १६ को होडबाट बाहिरिएको छ।

समूह एच अन्तर्गत नै हिजो हुनुपर्ने पेरिस सेन्ट जर्मेन र इस्तानबुलबीचको खेलमा रंगभेदी शब्दको प्रयोग भएको भन्ने विवादका कारण खेल स्थगित भयो। यद्यपि युनाइटेडको पराजयसँगै पीएसजीले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell