PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नक्कली सवारी चालक अनुमतिपत्र सहित एक युवक समातिए



पहिलोपोस्ट

नक्कली सवारी चालक अनुमतिपत्र सहित एक युवक समातिए

काठमाडौंः प्रहरीले सवारी चालक अनुमतिपत्र नक्कली बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले  सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भएका २८ वर्षिय आशिष गिरीलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्बरको कार तथा कीर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र समेत नियन्त्रणमा लिएको छ। 

उनले बनाएको नक्कली लाइसेन्सको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell