PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फुडमाण्डुको सर्भर ह्याक गरेको अभियोगमा १९ वर्षीय युवक समातिए



पहिलोपोस्ट

फुडमाण्डुको सर्भर ह्याक गरेको अभियोगमा १९ वर्षीय युवक समातिए

काठमाडौंः अनलाइन मार्फत सामान डेलिभरी गर्दै आएको फुडमाण्डु कम्पनीको सर्भर ह्याक गरेको अभियोगमा एक जनलाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको साइबर व्यूरोले नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीया दिनेश तिवारीलाई नियन्त्रणमा लिएको हो। ' आर्थिक प्रलोभन वा के कारणले ह्याक गरेको भन्ने खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौं,' व्यूरोका एसएसपी नबिन्द्र अर्यालले भने

व्यूरोको टोलीले केही दिनअघि लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जनालाई समेत पक्राउ गरेको थियो। प्रहरीले नियन्त्रणमा लिएका दुई जना किशोर अबस्था छन्।' बाहिरी देशमा जस्तै हाम्रोमा पनि किशोर उमेर समुहका ह्याकर देखिन थालेका छन्,' एसएसपी अर्यालले भने।

उनीहरुलाई विद्युतिय कारोबार ऐन २०६३ परिच्छेद ९ अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell