बेलायतका चर्चित गीतका गीतकारहरू हाल 'उबर चलाइरहेका छन्।' यस विषयमा सांसदहरूलाई जानकारी पुगेको बीबीसीमा जनाइएको छ।
वान डिरेक्सन, स्टेप्स र लिउस क्यापाल्डीका लागि गीत लेखेकी फिओना बेवान उबर चलाइरहेकी एक गीतकार हुन्। उनका अनुसार स्ट्रिमिङ सर्भिसले दिने रोयल्टीका कारण आफूहरूले संघर्ष गर्नु परेको हो। उनले आफूले काइली मिनगको नम्बर वान एल्बम डिस्कोको लागि गीत सहलेखन गर्दा जम्मा एक सय पाउन्ड पाएको खुलाएकी छिन्। भनेकी छिन्,'यहाँ सफल मानिएका गीतकारले घर भाडा तिर्न नसक्ने अवस्था छ। ती सफल गीतकारहरू उबर चलाउन बाध्य हुनु लज्जास्पद् अवस्था हो।'
बेवानले प्रविधी, संस्कृति, मिडिया र खेलकुद चयन समितिलाई स्ट्रिमिङ प्ल्याटफर्मको अर्थतन्त्रमाथि छानबिनका लागि प्रमाण दिएकी थिइन्। स्ट्रिमिङ प्लयाटफर्मले बेलायतमा संगीत उद्योगको ती चौथाई आम्दानी गर्छ।
त्यहाँका सांसदले यस विषयमा सिक्स नील रडजर्स र स्याक्सोफोनिस्ट सोवेटो किन्च साथै संगीत व्यवस्थापनक मारीया फोर्टे र क्वामे क्वाटेनबाट पनि गुनासो सुने।
रडजर्सले आफूले कोभिड-१९ को महामारी फैलनुअघि स्ट्रिमिङ आयबारे खोजी नगरेको बताए। भने,'किनकि मेरो सांगीतिक यात्राहरूबाट हुने कमाई राम्रो थियो। मेरो संस्था धान्न पुगेको थियो।' यस वर्ष रोयल्टीबारे खोजी गर्दा र आउन बाँकी रकम निकै कम भएको देख्दा आफू छक्क परेको बताएका छन्।
स्ट्रिमिङ सेवा प्रदायक पारदर्शी हुनु पर्ने उनको तर्क हो। गितारिस्ट एवं निर्माता रहेका उनले गीत रेकर्डिङकै लागि स्पोटिफाइ, एप्पल म्यूजिक र एमाजन म्यूजिकले दिने रोयल्टीको ८२ प्रतिशत खर्च हुने बताए। 'यो तथ्य निकै हाँस्यस्पद् छ।'
गायकहरूले पनि पैसा हुँदाहुँदै गीतकार रकम नतिर्ने गरेको पाएका छन्।
