PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कतार सरकारले नेपाललाई उपहारमा दियो तीन वटा मर्सिडिज कार



पहिलोपोस्ट

कतार सरकारले नेपाललाई उपहारमा दियो तीन वटा मर्सिडिज कार

काठमाडौं: कतार सरकारले नेपाललाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ।

परराष्ट्र मन्त्रालयको प्राङ्गणमा बुधबार आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो हस्तान्तरण गरे।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धन्यवाद दिए। उनले भने, ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell