PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पूर्वी नेपालको भ्रमणमा प्रधान सेनापति थापा



पहिलोपोस्ट

पूर्वी नेपालको भ्रमणमा प्रधान सेनापति थापा

काठमाडौं: प्रधान सेनापति पूर्णचन्द्र थापा पूर्वी नेपालको भ्रमणमा निस्किएका छन्।

थापाले बुधवार पाँचथरमा तैनाथ श्री भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ श्री भिमकाली गुल्म, संखुवासभामा तैनाथ श्री नयाँ रणभीम गुल्म र इटहरीमा तैनाथ श्री पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गण, गुल्म र पृतना हेडक्वार्टरको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।

थापाले भोलि श्री सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell