काठमाडौं : बहुप्रतिक्षित कमेडी टिभी सिरिज ‘सक्किगोनी’को प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ। ‘डाबर रेडपेस्ट प्रेजेन्ट्स सक्किगोनी’को मार्केटिङ राइट्स होल्डर एडप्याड प्रालि र डाबर नेपालबीच बुधवार उक्त सम्झौता भएको हो।
‘सक्किगोनी’ प्रत्येक बिहीवार राति ८ बजे हिमालय टिभी एचडीबाट प्रशारण सुरु हुन गइरहेको छ। उक्त सम्झौता एक वर्षको लागि गरिएको हो। सो सम्झौताले नेपाली मौलिक कार्यक्रमहरुको प्रवर्द्धन र बजारीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै पक्षले लिएका छन्।
‘सक्किगोनी जस्तो चर्चित टेलिभिजन कार्यक्रमसँग जोडिन पाउँदा हामी हर्षित छौँ। साथै नेपाली कलाकारिता क्षेत्रसँग जोडिएर यसको प्रवर्द्धनमा टेवा पुर्याउन पाउँदा हामी गर्भवान्वित छौँ,’ डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने।
एडप्याड प्रालिका अध्यक्ष सुदीप थापा भन्छन्, ‘नेपालको सर्वाधिक बिक्री हुने डाबर रेड टुथपेस्टसँग सक्किगोनी जोड्न पाउँदा हामी उत्साहित छौँ। डाबर रेडपेस्टको यो लगानीले सक्किगोनीको प्रोडक्सन क्वालिटी र लोकप्रियता थप उचाईमा पुर्याउने निश्चित छ।’
