PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हत्यामा संलग्नता भई फरार रहँदै आएकी एक महिला १३ वर्षपछि पक्राउ



रासस

हत्यामा संलग्नता भई फरार रहँदै आएकी एक महिला १३ वर्षपछि पक्राउ

लमजुङ : हत्यामा संलग्नता भई फरार रहँदै आएकी एक महिलालाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। लमजुङको दोर्दी गाउँपालिका-६ बस्ने ३२ वर्षीया पदमी गुरुङलाई सोही वडाको सिमी गाउँमा रहेको माइती घरबाट बुधवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।

उनका अनुसार विसं २०६४ वैशाख १५ गते बिहान सोही वडामा बस्ने २५ वर्षीय पिचौटी गुरुङ घाँस काट्न जङ्गल गएका बेला पदमीको समूहसँग वादविवाद हुँदा पदमीलेसमेत ढुङ्गा तथा दाउरा प्रहार गरी हत्या गरी फरार रहँदै आएकी थिइन्। जिल्ला अदालतले नौ वर्ष छ महिला २१ दिन कैद सजाय तोकेको समयदेखि नै फरार रहँदै वैदेशिक रोजगारमा गएको र उक्त स्थानबाट आएपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। फरार महिलालाई जिल्ला अदालत लगेर बुधवार नै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell