PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेइमार र एम्बापे चम्कँदा पीएसजीको सानदार जित



पहिलोपोस्ट

नेइमार र एम्बापे चम्कँदा पीएसजीको सानदार जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुलमाथि फराकिलो जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले इस्तानबुलमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। पीएसजीको जितमा नेइमारले ह्याट्रिक गर्दा किलियन एम्बापेले दुई गोल गरे।

खेलको २१ औं मिनेटमा घरेलु टोलीले नेइमारको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ३८ औं मिनेटमा नेइमारले नै किलियन एम्बापेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै एम्बापेले गोल गर्दा पहिलो हाफमा पीएसजी तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा नेइमारले फेरि अर्को गोल थपे। उनले ५० औं मिनेटमा एन्जेल डि मारियाको पासमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा एम्बापेले डि मारियाकै पासमा ६२ औं मिनेटमा गोल थपे।

उता इस्तानबुलका लागि मेहमेट तोपालले ५७ औं मिनेटमा सान्त्वना गोल फर्काए। अघिल्लो दिननै तोकिएको यो खेल विवादका कारण एकदिन पछि सरेको थियो।

समूह ‘एच’बाट समान १२ अंक बनाएका फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब आरबी लाइपजिग अन्तिम १६ मा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell