PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बायर्न म्युनिखको सहज जित



पहिलोपोस्ट

बायर्न म्युनिखको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘ए’ को खेलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोमाथि सहज जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-० को सहज जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बायर्नले दोस्रो हाफमा अग्रता बनाएको थियो। खेलको ६३ औं मिनेटमा निकलस सुलले अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा सर्ज गनब्रीको पासमा चौपो मोटिङले गोल गर्दा बायर्नले अपराजित रहँदै समूह चरण पार गर्‍यो।

त्यस्तै गएराति नै भएको समूह ‘ए’ कै अर्को खेलमा एटलेटिको मड्रिडले आरबी साल्जबर्गमाथि २-० को जित निकाल्यो। एट्लेटिकोको जितमा मारियो हेरमोसो र याननिक कारास्कोले गोल गरे।

समूह ‘ए’ बाट १६ अंक जोडेको बायर्न र ९ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष दुईमा रहँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell