युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘सी’ को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले मार्सेलीमाथि ३-० गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा फेरन टोरेसले सिटीलाई अग्रता दिलाए। उनले खेलको ४८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै ७७ औं मिनेटमा सर्जियो अग्युरोले अग्रता दोब्बर बनाए। उता मार्सेलीका अल्भेरो गोञ्जालिसले खेलको ९० औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा घरेलु टोलीले ३-० को जित निकाल्यो।
त्यस्तै गएराति नै भएको समूह ‘सी’ कै अर्को खेलमा पोर्टोले ओलम्पिकोसमाथि २-० को जित निकाल्यो।
यो सँगै समूह ‘सी’ बाट १६ अंक जोडेको म्यानचेस्टर सिटी र १३ अंक जोडेको पोर्टोले अन्तिम १६ मा स्थान बनाएका छन्।
