PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भरुवा बन्दुक सहित दुई जना समातिए



पहिलोपोस्ट

भरुवा बन्दुक सहित दुई जना समातिए

काठमाडौं : प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रहरी चौकी बिर्खाबाट खटिएको टोलीले घरमा लुकाइरहेको अवस्थामा तीन थान बन्दुक बरामद गरेको हो।

प्रहरीले स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ४ बस्ने २४ वर्षीया शिव प्रसाद पाण्डे र ६३ वर्षीय रिमबहादुर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए।

उनीहरुले बन्दुक किन घरमा राखेका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell