PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल



पहिलोपोस्ट

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लामाको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।

आफ्नो शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको भन्दै स्मरण गरेका छन्। ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु,’ उनले भनेका छन्।

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन्।

नेता लामाको आज ६९ वर्षको उमेरमा कोरोना भाइरस सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो। कोरोना भाइरस सङ्क्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell