PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौंमा रहेको 'आणविक क्लब'का ९ राष्ट्रका दूतावासअगाडि शान्ति समाजको प्रदर्शन

काठमाडौंमा रहेको 'आणविक क्लब'का ९ राष्ट्रका दूतावासअगाडि शान्ति समाजको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

पृथ्वी र मानव जातिका लागि आणविक हतियार चुनौति रहेको भन्दै समाजले आणविक हतियारको उत्पादन, परीक्षण र भण्डारणलाई निषेध गर्ने माग गर्दै नौवटा दूतावास अगाडि प्रदर्शन गरेको हो।

राष्ट्रसंघीय सन्धिलाई ग्रहण गर्दै आणविक हतियार भण्डारण गर्ने ९ वटा राष्ट्रका दूतावास अगाडि समाजले धर्ना र प्रदर्शन गरेको हो।

समाजले महाराजगंजमा रहेको पाकिस्तानी र अमेरिकी दूतावासका साथै बालुवाटारमा रहेको चिनियाँ र रसियन दूतावास अगाडी प्रदर्शन गरेको हो। यस्तै, लैनचौरमा रहेको भारतीय दूतावास, बेलायती दूतावास, फ्रान्सेली दूतावास, इजरायली दूतावास र ललितपुरमा रहेको उत्तर कोरियाली दूतावासमा समेत प्रदर्शन गरिएको छ।

समाजले उल्लेखित राष्ट्रहरु सहित नेपालले समेत आणविक हतियार निषेध सन्धि अनुमोदन गर्नुपर्ने, हतियार ओसारपसारमा प्रतिबन्ध लगाउनुपर्ने, संयुक्त राष्ट्रसंघले पहल गर्नुपर्ने लगायतको माग गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell