PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

१९८२ मा इटलीलाई विश्वकप जिताउने नायक पाउलो रोसीको निधन



पहिलोपोस्ट

१९८२ मा इटलीलाई विश्वकप जिताउने नायक पाउलो रोसीको निधन

इटलीका फुटबलर पाउलो रोसीको ६४ वर्षको उमेरमा निधन भएको छ।

इटलियन सञ्चारमाध्यमहरुका अनुसार लामो समयदेखि अस्वस्थ रोसीको आज निधन भएको हो। रोसीकी पत्नी फेडेरिका क्याप्पेल्लेटीले श्रीमानको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै 'फर इभर' लेखेकी छिन्। यद्यपि उनले रोसीको मृत्युको कारण भने खुलाएकी छैनन्।

इटलीको राष्ट्रिय टिमबाट रोसीले ४८ खेल खेल्दै २० गोल गरेका छन्। त्यस्तै इटालियन सिरी ए मा युभेन्टस, मिलान, भेरोनालगायतका पाँच क्लबबाट खेल्दै १०० गोल गरेका छन्।

सन १९८२ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका उनले त्यही वर्ष बालोन डि ओर पुरस्कार पाएका थिए। यद्यपि सन् १९८० को टोटोनेरो स्क्यान्डलमा परेका उनले दुईवर्षको प्रतिबन्ध समेत ब्यहोरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell