भारतमा नयाँ प्रतिभा खोजी भइरहेको छ। त्यसका लागि संगीतकर्मी एआर रहमान भनेका छन् – हामी केही सर्पाइजका लागि तयार छौं। स्लमडग मिलिनियर र एलिजावेथ : द गोल्डेन एजजस्ता सफल फिल्मका लागि अवार्ड विजेता उनले लुकेर रहेका प्रतिभा बाहिर निस्कने बताए।
ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) को पहल भारतमा खुला गरिएको छ। बलिउड एवं हलिउडमा समेत संगीतकै कारण चर्चित रहमानले बाफ्टाका लागि नयाँ प्रतिभाहरू उत्साहित रहेको बीबीसीसँग बताए। उनी हाल गृह नगर चेन्नइमा छन्।
बाफ्टाले पहिलो पटक देश बाहिर कार्यक्रम गर्न लागेको हो। यसअघि सन् २०१३ देखि बेलायतमा आयोजना हुँदै आएको छ। विविध भाषा, संस्कृति र परम्पराका कारण पनि भारतमा यस कार्यक्रम महत्वपूर्ण साबित हुने विश्वास गरिएको छ।
Today we've opened applications for #BAFTABreakthrough India, in partnership with @Netflix! Find out how to apply https://t.co/qk3nUX8F9y
— BAFTA (@BAFTA) November 30, 2020
AND we asked BAFTA-winning @ARRahman, our BAFTA Breakthrough India ambassador, for a few of his film recommendations👇 pic.twitter.com/XJAh5ScXC3
'पश्चिमा देशले भारतलाई बलिउडका कारण मात्र चिन्छ। जुन तथ्य मलाई मन पर्दैन', सयौं भारतीय फिल्मका लागि गीत दिएका रेहमानले भने। उनका व्यक्तिगत मात्र ६ सय ५० भन्दा बढी ट्र्याक छन्। उनले भारतका कुशल निर्देशक, हरेक राज्यको फरक फिल्म उद्योग र फिल्मबाट चिन्न सकिने संस्कृतिहरूबारे ध्यान दिइनु पर्ने बताए।
बाफ्टाले नेटफ्लिक्ससँगको सहकार्यमा भारतमा कार्यक्रम आयोजना गर्न लागेको हो। बाफ्टाले गर्न लागेको प्रतिभाको खोजी फिल्म निर्माणमा सीमित नभएकाले रहमानले खुशी व्यक्त गरे। आफूले सामाजिक सञ्जालहरूमा प्रशस्त प्रतिभावान व्यक्तिहरू देखेको र उनीहरूले ठूलो प्ल्याटफर्म पाउनेमा आशावादी रहेको बताए।
