PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु 



पहिलोपोस्ट

कैलालीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु 

कैलाली  : धनगढीमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। हो । 

मंसिर १८ गते अस्पताल भर्ना भएका उनमा कडा खालको निमोनिया रहेको श्रेष्ठले बताए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा मृत्यु भएको हो।

पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell