PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१'का लागि आवेदन खुल्ला



पहिलोपोस्ट

'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१'का लागि आवेदन खुल्ला

'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१'का लागि आवेदन खुल्ला

काठमाडौं: मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै 'नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१' हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनका कारण सुस्ताएको नेपाली मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन अवार्ड कार्यक्रम आयोजना हुन लगेको हो।

सांगीतिक तथा सम्पूर्ण मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्य रहेको आयोजकको दावी छ। मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, पर्यटन र कस्टमेटिक क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मानित हुनेछन्।

अवार्ड माघको अन्त्यमा प्रदान गरिने आयोजक अध्यक्ष रोशन पोखरेलले बताए। अवार्डका लागि आवेदनको खुल्ला गरिएको छ। माघ १५ गते सम्म फारम लिइनेछ।


क्रियटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल हुन्। कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द हुन्। उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गित(तिज, दशैँ तिहार,होलि), भेग विशेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell