PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेकपाले काठमाडौं बोलायो भाजपाका उच्च नेतालाई, बालुवाटारमा प्रधानमन्त्रीसँग भेट



पहिलोपोस्ट

नेकपाले काठमाडौं बोलायो भाजपाका उच्च नेतालाई, बालुवाटारमा प्रधानमन्त्रीसँग भेट

काठमाडौं: भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्। चौथाइवालेले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

सत्तारुढ नेकपाभित्रको अन्तरविरोध उत्कर्षमा पुगेका बेला महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा चौथाइवाले चार्टर विमानबाट काठमाडौं आएका हुन्।

बालुवाटारमा आज प्रधानमन्त्री ओलीसँगको भेटमा मन्त्री पौडेल पनि सहभागी थिए।

नक्सा प्रकरणले चिसिएको नेपाल भारत सम्बन्धलाई अघि बढाउन भारतका तर्फबाट रअ प्रमुख सामन्त गोयल, विदेश सचिव हर्षवर्द्धन श्रृंगलापछि भाजपामा प्रभाव राख्ने नेता चौथाइवाले काठमाडौं आएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र थौलाइवाले बीच भेट भए पनि के कुरा भयो भन्ने जानकारी नभएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell