PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अमेरिकामा संक्रमितको हालसम्मकै उच्च मृत्युदर, क्रिसमस प्रभाव पार्न सक्ने चेतावनी



पहिलोपोस्ट

अमेरिकामा संक्रमितको हालसम्मकै उच्च मृत्युदर, क्रिसमस प्रभाव पार्न सक्ने चेतावनी

अमेरिकामा कोभिड-१९ संक्रमणका कारण एकैदिन ३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा हालसम्मको उच्च संक्रमित मृत्युदर रेकर्ड भएको हो।

त्यहाँ संक्रमणकै कारण मृत्यु हुनेहरूको संख्या गत अक्टोबरमा भन्दा तीन गुणा बढी भएको बीबीसीमा जनाइएको छ। दैनिक संक्रमण दर २ लाखको हाराहारीमा बढ्दो छ।

संक्रामक रोग विज्ञ एन्थोनी फाउसी लगायत अन्यले 'थ्याङ्क्स गिभिङ' पछि संक्रमण दर बढ्ने चेतावनी दिएका थिए। क्रिसमसले उक्त संख्यामा अझै प्रभाव पार्न सक्ने बताइएको छ।

एक लाख ६ हजार ६ सय ८८ जना संक्रमित अस्पतालमा भएको बताइएको छ। कुल संक्रमितमध्ये २ लाख ८९ हजार ४ सय ३१ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell