PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

  २ सय २० बिगाहमा लगाएको गाँजा खेती फडानी गर्दै प्रहरी (तस्बिर)

 २ सय २० बिगाहमा लगाएको गाँजा खेती फडानी गर्दै प्रहरी (तस्बिर)

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः अबैध रुपमा लगाएको लागुऔषध  गाँजा प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले २ सय २० बिगाहमा लगाएको गाँजा नष्ट गरेको हो। एसपी इन्द्रबहादुर रानाको नेतृत्वमा गएको ८६ जनाको टोलीले चार दिन लगाए गाँजा खेती नष्ट गरेको हो।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर २, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलासे, धुरकोट, माईसिराङ, स्वारा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका विभिन्न स्थानहरुमा लगाइएको गाँजा नष्ट गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell