PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

हुम्लास्थित नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी



रासस

हुम्लास्थित नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी

हुम्ला : गुणस्तरीय सेवा नदिएको जनाउँदै हुम्लास्थित नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरिएको छ। महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरबाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्।

जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए।

जिल्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए। टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन्।

टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर  गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell