PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

मणिराम गेलाल सचिवमा बढुवा, छेन्दुको महावाणिज्यदूतमा घिमिरे



पहिलोपोस्ट

मणिराम गेलाल सचिवमा बढुवा, छेन्दुको महावाणिज्यदूतमा घिमिरे

काठमाडौंः सरकारले सहसचिव मणिराम गेलालाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गरेको हो। गेलाल इन्जिनियरिङ समूहका हुन्।

वरिष्ठतम सहसचिवमध्ये गेलालको बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए। हाल उनी सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन्।

यस्तै, बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई छेन्दुको महावाणिज्यदूतमा पठाउने निर्णय गरेको छ। महावाणिज्यदूत सिफारिसका लागि घिमिरेको केही दिनअघि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell