PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

विश्वराज पोखरेल एआइजीमा बढुवा, सरकारले टेरेन संसदीय समितिको निर्देशन



पहिलोपोस्ट

विश्वराज पोखरेल एआइजीमा बढुवा, सरकारले टेरेन संसदीय समितिको निर्देशन

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई बढुवा गरेको हो। पोखरेलको बढुवासँगै नेपाल प्रहरीमा एआइजीको संख्या प्राविधिकसहित पाँच पुगेको छ। यसअघि एआइजीको दरबन्दी कटौतीमा परेको थियो। 

यसअघि बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पोखरेललाई बढुवा गर्नेगरि सरकारले अनुमोदन गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगन गर्न निर्देशन दिएको थियो। साथै तत्काल पोखरेलको बढुवा स्थगनका लागि पनि निर्देशन दिएको थियो। तर निर्देशनको भोलिपल्ट नै सरकारले पोखरेलको बढुवा गरेको हो। 

दरबन्दी सिर्जनाको निर्णयमा संसद्मा गृहमन्त्री रामबहादुर थापाले नै अपनत्व लिएका थिएनन्। मन्त्रालयले पठाएको ओएण्डएमको विपरीत दरबन्दी थपेको थापाको भनाइ थियो। मन्त्रिपरिषद्को प्रशासन समितिले उक्त निर्णय गरेको थियो। सो समिति उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको छ। 

तर दरबन्दी सिर्जना भएसँगै मंसिर १५  गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षयतामा बसेको बढुवा समितिको बैठकले उनलाई एआइजी बढुवामा सिफारिस गरेको थियो।

पोखरेल हाल रहेका डिआइजीमध्ये सिनियर हुन्। पोखरेलले अब प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीले अवकाश पाएपछि प्रहरीको नेतृत्व सम्हाल्ने छन् । एकल प्रतिस्‍पर्धीका रुपमा पोखरेल भाबी नेतृत्वका दाबेदार बनेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell