PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुष खेलाडीले समान तलब पाउने



पहिलोपोस्ट

फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुष खेलाडीले समान तलब पाउने

काठमाडौं : एन्फा कार्यसमितिको आजको बैठकमा महिला र पुरुष दुबै फुटबल खेलाडीको तलब बृद्धि गर्दै समान तलब दिने निर्णय गरिएको छ।

यसअघि महिला टोलीका सदस्यले मासिक ७ हजार र पुरुष टोलीका सदस्यले १५ हजार रुपैयाँ तलब पाउँदै आएकामा एन्फाले दुबैतर्फ तलब बढाउने निर्णय गरेको हो। अब फुटबलका महिला तथा पुरुष खेलाडीले समान १८ हजार तलब प्राप्त गर्नेछन्।

‘राष्ट्रिय पुरुष तथा महिला टोलीको तलबभत्ता समान १८ हजार कायम गर्ने, फिफा रेफ्रीहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार पुर्‍याउने,’ एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, बैठकले फुटबलका मुख्य प्रशिक्षक योहान कालिनको राजीनामा स्वीकृत गर्नेदेखि बी डिभिजन लिग लगायतका प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषदमा स्वीकृतिका लागि पठाउन लगायतका १८ वटा निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell