PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

टोटेनहमको सहज जित



पहिलोपोस्ट

टोटेनहमको सहज जित

युरोपा लिग अन्तर्गत गएराति भएको समूह ‘जे’ को खेलमा टोटेनहमले सहज जित निकालेको छ। टोटेनहम हट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले रोयल एन्टवेर्पमाथि २-० को सहज जित निकालेको हो।

टोटेनहमको जितमा कार्लोस भिन्सियस मोरिस र जिओभानी लो सेल्सोले समान १/१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमले मोरिसको गोलमा ५७ औं मिनेटमा अग्रता बनाएको थियो। त्यस्तै ७१ औं मिनेटमा ह्यारी केनको पासमा सेल्सोले गोल गर्दा टोटेनहमले २-० को सहज जित निकाल्यो।

त्यस्तै गएराति नै भएको समूह ‘जे’ कै अर्को खेलमा लास्कले लुडोगोरेट्समाथि ३-१ गोलअन्तरले जित निकाल्यो।

जितसँगै १३ अंकजोडेको टोटेनहम समूह विजेता बनेको छ भने १२ अंक जोडेको एन्टवेर्प उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell