PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बिजुलीको पोलमा बलेरो ठोक्कियो : करेन्ट लागेर २ जनाको मृत्यु, ११ जना घाइते



पहिलोपोस्ट

बिजुलीको पोलमा बलेरो ठोक्कियो : करेन्ट लागेर २ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौंः चितवनमा सवारी दुर्घटना हुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

आज बिहान ९ बजेर ५५ मिनेटमा ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ।

बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित बलेरोमा रहेका करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत भइनसकेको चितवन जिल्ला प्रहरी कर्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए।

घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell