PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अफगानस्तानमा महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा



पहिलोपोस्ट

अफगानस्तानमा महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा
PRESIDENTIAL PALACE

पूर्वी अफगानस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। मलाला माएवन्दको विहीवार हत्या भएको हो। उनी जलालाबादमा आफ्नो कामका लागि गइरहेको बेला उनको गाडी ताकी गोली फायर भएको हो।

हमलामा परी उनका सवारी चालक मोहम्मद ताहिरले पनि ज्यान गुमाएका छन्। बीबीसीका अनुसार हालसम्म कुनै पनि समूहले यस हत्याको जिम्मेवारी लिएको छैन।

पत्रकार मलाला एनिकास टिभी र रेडियोकी पत्रकार थिइन्। उनी सामाजिक अभियान्ता समेत हुन्। उनले धेरैपटक अफगानस्तानमा महिला पत्रकारले भोग्नु पर्ने चुनौती र जोखिमहरूबारे खुलेर बोलेकी थिइन्। त्यहाँका प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्ला खोगियानीका अनुसार हत्यारा घटना लगत्तै भाग्न सफल भए।

समाचार एजेन्सी रोयटर्सका अनुसार मलालाकी आमा पनि अभियान्ता थिइन्। जसको हत्या अज्ञात बन्दुकधारीहरूले पाँच वर्षअघि गरेका थिए।

त्यहाँ रहेको बेलायती राजदूत एलिसन ब्लेकले मलालाको हत्याप्रति खेद प्रकट गरेका छन्। ट्वीटरमा लेखेका छन् : 'प्रेस स्वतन्त्रता कायम राख्न एकजुट भएर काम गर्नुपर्छ। मलालाको हत्याको जाँच हुनुपर्छ। दोषीलाई सजाय दिनुपर्छ।'

अफगानस्तानमा भइरहेको श्रृङ्खलावद्ध हत्यालाई लिएर केही अघि मात्र न्याटो र यूरोपियन यूनियनले विज्ञप्ती जारी गरेका थिए। संघहरूले हत्याको निन्दा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell