फाइजर-बायोएनटेकद्वारा विकास गरेको कोभिड-१९ विरुद्धको भ्याक्सिन आपत्कालीन प्रयोगका लागि सिफारिस भएको छ। अमेरिकी एजेन्सी ‘फ़ूड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ (एफडीए) को सल्लाहकार समितिमा रहेका विशेषज्ञहरूले सिफारिस गरेका हुन्।
अमेरिकामा एकदिनमै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार पुगे लगत्तै भ्याक्सिन सिफारिस भएको हो।
बीबीसीका अनुसार २३ जना विशेषज्ञहरूको समूहले उक्त भ्याक्सिन प्रयोगका लागि सुरक्षित भएको बताएका हुन्। अमेरिकी अधिकारीका अनुसार केही दिनमा प्रयोगको अनुमति मिल्नेछ।
उक्त भ्याक्सिनको प्रयोग ब्रिटेन, क्यानडा, बहरीन र सउदी अरबमा सबैभन्दा पहिले प्रयोग हुनेछ। फाइजर इन्डियाले पनि भारतमा आफ्नो कोभिड-१९ विरुद्धको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न अनुमति मागेको छ।
अमेरिकाका स्वास्थ्य मन्त्रीले बुधवार एफडीएले अनुमति दिएको केही दिनभित्रै खोप लगाउने काम सुरु हुनेछ। फाइजरको रणनीतिका अनुसार अमेरिकामा पहिलो चरणमा ६५ लाख भ्याक्सिन दिइनेछ।
उक्त भ्याक्सिन २ डोजमा दिइने छ। पहिलो चरणमा करिव ३२ लाख मानिस खोपबाट लाभान्वित हुनेछन्।
अमेरिकाको सनेटर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अमेरिकामा दुई करोडभन्दा बढी स्वास्थ्यकर्मी छन्। सबैभन्दा पहिले उनीहरूमध्य जोखिममा रहेकालाई खोप दिइनु पर्ने माग छ। तर, सहमती भइसकेको छैन।
अर्कझ औषधी कम्पनी माडर्ना र नेशनल इन्स्टिच्युट अफ हेल्थ पनि आफूले उत्पादन गरेको खोपहरूको आपत्कालीन अवस्थामा प्रयोगको अनुमति चाहन्छन्। सोही अनुरुप आवेदन दिएका छन्।
