PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फिल्म 'क्रृष'को चौंथो संस्करणमा महिला 'सुपरहिरो'



पहिलोपोस्ट

फिल्म 'क्रृष'को चौंथो संस्करणमा महिला 'सुपरहिरो'

ऋतिक रोशनलाई 'सुपरहिरो'का रुपमा स्थापति गर्ने 'क्रृष' फ्रेन्चाइजको चौंथो संस्करण बन्दैछ। यस पटक क्रृषमा ऋतिकसँगै एक महिला सुपरहिरो रहने बताइएको छ।

त्यस्तै फिल्ममा ऋतिक चार फरक भूमिका निर्वाह गर्दैछन्। बलिउड हंगामाका अनुसार हाल फिल्मकै लागि राकेश रोशन स्क्रिप्टमा काम गरिरहेका छन्। स्रोतलाई उल्लेख गर्दै लेखिएको छ,'भिएफएक्सकै लागि ठूलो बजेट चाहिने देखिन्छ। यस पटक कोही मिल गयाको जादु पात्र पुन: देखाउने कुरा भइरहेको छ।'

फिल्मका लागि कायरा अद्वानीलाई प्रस्ताव राखिएको छ। बुझिए अनुसार उनको भूमिका ऋतिकलाई प्रेम गर्ने पात्रको हुनेछ। राकेशले भने आफू अझै स्क्रिप्टमा काम गरिरहेकाले यस विषयमा केही भन्न नमिल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell