PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंज नाका खोल्न चौतर्फी दबाब, धर्ना बस्ने तयारीमा काँग्रेस



पहिलोपोस्ट

वीरगंज नाका खोल्न चौतर्फी दबाब, धर्ना बस्ने तयारीमा काँग्रेस

वीरगंज: नेपाल भारत सीमामा लगाइएको लकडाउन हटाएर यथाशीघ्र नाका सहज पार्न अपिल गरिएको छ। होटल तथा पर्यटन व्यवसायी वीरगंजले यस्तो अपिल गरेको हो।

संघका अध्यक्ष हरि पन्तले एक विज्ञप्ति निकाल्दै विगत ९ महिनादेखि नेपाल भारत सीमा बन्दको कारण वीरगंजसंगै नेपालकै अर्थतन्त्र धरासायी भइसकेकोले अब फेरि लकडाउन लम्बिएको खण्डमा चौतर्फी नकारात्मक असर पर्ने भएकोले लकडाउन नलम्ब्याउन र तत्काल सीमा खुला गर्न अपिल गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘नौ महिनादेखि नेपाल सरकारले बोर्डर बन्द गर्न गरेको अदुरदर्शी निर्णयले होटल तथा पर्यटन क्षेत्र तहस नहस भएको छ, जबसम्म सीमा सूचारु हुन्न तबसम्म कोरोनाले थलिएको होटल र पर्यटन व्यवसाय कुनै पनि हालतमा माथि उठ्न सक्दैन, हाल आएर अन्य क्षेत्र खुलिसकेको र त्रिभुवन विमानस्थल समेत सूचारु भइसकेको अवस्थामा बोर्डर मात्र बन्द राखिराख्नुको कुनै औचित्य छैन।’

उनले होटल तथा पर्यटन व्यवसायसंगै अन्य क्षेत्रमा पनि पुनर्जीवित पार्न बोर्डर खुल्ला गर्नु पर्ने माग गरे। वीरगंज रक्सौल नाका भएर अवैध रुपमा दैनिक हजारौ मानिस ओहोरदोहोर गर्ने तर सीमा बन्द रहँदा औपचारिक रुपमा आउने पयर्टकहरु आउन नसकेकोले त्यसतर्फ ध्यान दिन पनि आग्रह गरिएको हो। अगामी ७ दिनमा बोर्डर नखोले संघले नाकामा गएर धर्ना बस्न चेतावनी समेत दिएको छ।

यसैबीच नेपाली काँग्रस पर्साले पनि दुई दिनअघि नेपाल भारत सीमा खोल्न सरकारलाई दबाब दिएको छ। बोर्डर नखोले नाकामा धर्ना बस्न चेतावनी समेत दिएको नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्ववेदीले बताएका छन्।

यता, विगत १५ दिनदेखि वीरगंजका सचेत नागरिकहरुको समूह नेपाल भारत संवाद समूहले वीरगंज रक्सौल नाका खुलाउन धर्ना दिँदै आएको छ। वीरगंज भन्सार कार्यालय नजिकै विहान ९ बजेदेखि १० बजे सम्म धर्ना दिँदै आएको समूहका अध्यक्ष कृष्ण पटेलले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell