PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एउटै प्रकृतिका खेल संघहरुलाई एक हुन समितिको निर्देशन



पहिलोपोस्ट

एउटै प्रकृतिका खेल संघहरुलाई एक हुन समितिको निर्देशन

काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एकै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो। समितिले अन्तरिक विवादमा रहेका संघलाई पनि यथाशीघ्र विवाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धित संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्ने भएको छ। संयोजक कोइरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य सञ्चालन विधि तयार गर्ने निर्णय गरेको छ।

संघहरुमा बेला बखत देखिने नीतिगत व्यवस्थापकीय तथा अन्य समस्याहरुलाई दीर्घकालीन रुपमा सामाधान गर्न रणनीति तयार गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोईराला लगायत ७ सदस्य समिति गठन गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell