PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश १ मा शुक्रवार ७७ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा शुक्रवार ७७ जना नयाँ संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ७७ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा २७, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २,  इलाम, ओखलढुङ्गा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १/१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै,  झापाको मेचीनगर र विर्तामोडमा ५/५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २/२, बुद्धशान्ति र भद्रपुरमा १/१ जना पनि संक्रमित भएका छन्।

त्यसैगरी, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १,    धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएकोमा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना डिस्चार्ज भएका हुन्। यससँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ।

झापाका ६ सहित १० जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा १० जना संक्रमितको मृत्यु भएको छ। शुक्रवार झापामा मात्र ६ पुरुषको मृत्यु भएको छ। त्यस्तै धनकुटामा एक महिला २ पुरुष र संखुवासभामा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शुक्रवार मृत्यु भएका १० जना सहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१२ पुगेको छ। जसमध्ये १२६ महिला र २८६ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell