PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँग चैत १२ गते खेल्ने



पहिलोपोस्ट

विश्वकप छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेइसँग चैत १२ गते खेल्ने

काठमाडौं : एसियाली फुटबल महासंघ (एएफसी)ले कतार विश्वकप छनोट अन्तर्गतको एसियन लेगको दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ।

यसअघि यो वर्षको मार्च/अप्रिलमा तय गरिएको खेलहरु कोरोना महामारीका कारण अक्टोबर/नोभेम्बर हुँदै अनिश्चित कालका लागि पछि धकेलिएको थियो। र, पछिल्लो समय एएफसीले सन् २०२१ मा खेलहरु हुने जनाएको थियो।

एएफसीले जारी गरेको तालिका अनुसार नेपालले चाइनिज ताइपेइसँग २५ मार्च (चैत १२ )मा खेल्ने छ भने ३० मार्च (चैत १७ )मा अस्ट्रेलियासँग खेल्ने छ। त्यस्तै, जुन ७ (जेठ २४ गते) मा नेपालले जोर्डनसँग खेल्ने छ। सबै खेल नेपालको गृह मैदानमा हुनेछन्।

नेपालले यसअघि नै सबै ‘अवे गेम’हरु खेलिसकेको छ भने दशरथ रंगशाला निर्माण सम्पन्न नभएको कारण एउटा होम गेम भुटानमा खेलिसकेको छ।

समुह बी मा रहेको नेपालले चार खेलबाट तीन अंक जोडेको छ। नेपालले ‘अवे गेम’मा चाइनिज ताइपेइलाई हराएको थियो भने बाँकी खेलमा पराजित भएको थियो।

समूह बी मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell