PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

म्यानपावरसँग दश लाख रुपैयाँ घुस लिने विभागका तत्कालीन महानिर्देशक पाण्डे भ्रष्टाचारी ठहर



पहिलोपोस्ट

म्यानपावरसँग दश लाख रुपैयाँ घुस लिने विभागका तत्कालीन महानिर्देशक पाण्डे भ्रष्टाचारी ठहर

काठमाडौंः विशेष अदालतले वैदेशिक रोजगार विभागमा तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलाई भ्रस्टाचारी ठहर गरेको छ। वैदेशिक रोजगार न्यायाधीकरणको मुद्दा मिलाइदिने आश्वासनमा दश लाख रुपैयाँ घुस लिएको अभियोगमा पाण्डेसहित तीन जनालाई मुद्दा चलाइएको थियो। कालोसूचीमा समेत रहेको म्यानपावरको मुद्दा मिलाइदिने भन्दै पाण्डेसहितको टोलीले दश लाख रुपैयाँ असुलेको थियो।

न्यायाधीशहरु प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले तत्कालीन महानिर्देशक पाण्डे, विभागकै शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई भ्रस्टाचारी ठहर गरेको हो।

अदालतले तीनै जनालाई जनही दुई वर्ष कैद सजाय सुनाएको छ। यस्तै, बिगो दश/लाख रुपैयाँको दामासाही रुपमा जरिवाना गरेको छ।

२०७४ कात्तिक २९ गते पाण्डे पक्राउ परेका थिए। सोभन्दा अघि अधिकृत पौडेल पक्राउ परेका थिए। पौडेलको बयानका आधारमा पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।

उनीहरु तीनै जना यसअघि जनही दश÷दश लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

तत्कालीन महानिर्देशक पाण्डे सेवाबाट अवकाश हुनुभन्दा करिब एक साताअघि घुस प्रकरणमा जोडिएका थिए। २०७४ मंसिर ६ गते पाण्डेले अवकाश पाउँदै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell