काठमाडौं: नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टी भएको छ। खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमणको पुस्टी भएको जनाउँदै आफू होम आइसोलेसनमा भएको बताएका छन्।
‘कोरोनाका केही सामान्य लक्ष्यणहरु देखिएपछि मैले दुईदिनया आफूलाई आइसोलेट गरेको थिएँ। जब हिजो बेलुकीबाट मेरो स्वाद र गन्ध पनि हरायो मैले आज बिहान पीसीआर परीक्षण गराएको थिएँ,’ खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म डाक्टरहरुलाई दिएको मार्गनिर्देशलाई मान्दै अहिले होम आइसोलेसनमा छु।’
खड्काले चितवनस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट स्टेडियममा हुनलागेको गौतमबुद्ध कप प्रतियोगितालाई ‘मिस गर्ने’ भन्दै प्रतियोगिताका लागि शुभकामना पनि दिएका छन्।
Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since...
Posted by Paras Khadka on Friday, December 11, 2020
यसअघि पनि नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने लगायतका खेलाडीहरु कोरोना संक्रमित भएर निको भइसकेका छन्।
