PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कलंकीमा ट्रकले ८ सवारीसाधनलाई दियो ठक्करः एकको मृत्यु, ६ जना घाइते



पहिलोपोस्ट

कलंकीमा ट्रकले ८ सवारीसाधनलाई दियो ठक्करः एकको मृत्यु, ६ जना घाइते

काठमाडौंः कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ओखलढुङगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको मृत्यु भएको हो।

प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै ६ जना घाइते भएका छन्।

घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई शाखा सडकमा छिरेर ८ वटा विभिन्न सवारी साधनलाई ठक्कर दिएको थियो। त्यस्तै ट्रक एक घरमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ। ट्रकका चालक समेत घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराइले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell