PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सुक्दै गरेको कमल पोखरीको हिलोमा माछा मार्नेको चहलपहल

सुक्दै गरेको कमल पोखरीको हिलोमा माछा मार्नेको चहलपहल

प्रवीण रानाभाट/पहिलोपोस्ट


कुनै बेला कमल पोखरी कमल फूलकै कारण चर्चित थियो। यहाँका स्थानीयहरु पूजाका लागि टपरीको जोहो गर्ने झन्झटमा हुन्थेनन्, कमलको पातले नै काम टर्थ्यो। क्रमश: कमल पोखरीले पहिचान गुमाउँदै गयो। कमलको फूल त छाडौं, पानीसमेत सुक्यो र चौरमा परिणत समेत भयो। पछि फेरि संरक्षणको अभियान सुरु भयो, पानी पनि भरियो। तर, कमल चाहिँ फूलेन। 

पानी भरिएकाले रानी पोखरीमा अलपत्र माछालाई यहाँ स्थानान्तरण पनि गरियो। रानी पोखरी तयार भइसक्दा कमलपोखरी पनि क्रमश सुख्खा हुँदैछ। नयाँ योजनाअनुसार कमल पोखरीलाई रुपान्तरण गर्ने तयारीको क्रम अघि बढेको छ। तीब्र रुपमा पर्खालले घेर्नेक्रम जारी छ। पोखरीको बीचमा मन्दिर बनाउने योजना समेत रहेको छ।

त्यसैले कमल पोखरीबाट पानीसँगै माछा पनि विस्थापित भइसके। बचेखुचेको हिलोमा माछा मार्नेहरुलाई काठमाडौंको चिसोले छेकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell