PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

कोरियोग्राफर रेमो डिसूजालाई हृदयघात, आईसीयूमा राखेर उपचार हुँदै



पहिलोपोस्ट

कोरियोग्राफर रेमो डिसूजालाई हृदयघात, आईसीयूमा राखेर उपचार हुँदै
PHOTO : REMO D'SOUZA/FACEBOOK

बलिउड कोरियोग्राफर रेमो डिसूजालाई हृदयघात भएको छ। हर्ट अट्याक आएपछि उनलाई शुक्रवार दिउँसो मुम्बइको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनको एन्जियोप्लास्टी गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रेमोको स्वास्थ्य सुधारोन्मुख छ। उनकी पत्नी लिजेल डिसूजाले स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएकी छन्।

रेमोलाई भेट्न धर्मेंश, आमिर अली, नोरा फतेही लगायत अस्पताल पुगेका छन्। रेमो अहिले पनि आईसीयूमा छन् तर होसमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell