PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

अजय देवगनले फेरि सारे फिल्म ‘मैदान’को प्रदर्शन मिति



पहिलोपोस्ट

अजय देवगनले फेरि सारे फिल्म ‘मैदान’को प्रदर्शन मिति

मुम्बई : अभिनेता अजय देवगनको आगामी फिल्म ‘मैदान’को प्रदर्शन मिति पुनः सारिएको छ। यसअघि स्वतन्त्रता दिवसको आसपासमा रिलिज हुने तय भएपनि अब दशहरे (विजयादशमी) पर्वमा रिलिज हुने देवगनले बताएका छन्।

शनिवार उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सो जानकारी दिएका हुन्। देवगनको स्पोर्ट्स ड्रामा ‘मैदान’को सुटिङ जनवरी २०२१ बाट पुनः शुरु हुनेछ। बहुप्रतिक्षित फिल्म ‘मैदान’मा उनी एक फुटबल कोच सैयद अब्दुल रहीमको भूमिकामा देखिने छन्।

फिल्म मैदानबारे जानकारी दिँदै देवगनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म मैदान अब दशहरेको दिन २०२१ मा संसारभर एकैपटक रिलिज हुनेछ। यसको सुटिङ जनवरी २०२१ बाट शुरु हुनेछ।’

‘मैदान’को सुटिङ अघिल्लो साल अगस्टबाटै शुरु भएको हो। त्यसपछि लगातार चलेको सुटिङ कोरोना भाइरसका कारण भएको लकडाउनले रोकिएको थियो। सोही कारण फिल्मको सुटिङ समयमै पूरा हुन सकेन र रिलिज डेट पछि सारियो। नयाँ रिलिज डेट १३ अगस्ट २०२१ को लागि तय भएको थियो। तर, हाल पुनः फिल्मको रिलिज डेट सारेर १५ अक्टोबरको लागि तय गरिएको छ।

‘मैदान’को निर्देशन अमित रविन्द्रनाथ शर्माले गरिरहेका छन्। फिल्ममा अजय देवगनका अलवा गजराज राव र प्रियमणि मुख्य भुमिकामा देखिने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell