PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मानिस निदाइरहेको समयमा स्मार्टफोनले गरिरहेको हुन्छ कोरोना भाइरसबारे अनुसन्धान



पहिलोपोस्ट

मानिस निदाइरहेको समयमा स्मार्टफोनले गरिरहेको हुन्छ कोरोना भाइरसबारे अनुसन्धान
Photo: imperial.ac.uk

हैना लाँसन वेस्टको रातको दैनिकी आम मानिसको जस्तै हुन्छ। उनी करिब रातको १०:३० बजे सुत्ने तरखर गर्छिन्। आफ्नो ओच्छ्यानतर्फ जानुअघि दाँत ब्रस गर्ने, विद्युतिय बेडलाई न्यानो बनाउने र हातमुख धुने काम सँगसँगै गर्छिन्।

हैना निदाउनुअघि केही समाचार साइटहरु हेर्छिन्। उनी आफ्नो इन्स्टाग्राम चलाउँछिन्। र, अन्त्यमा फोन चार्जमा लगाएर निदाउँछिन्।

३१ वर्षीया हैना लण्डनस्थित आफ्नो घरमा जब निदाउँछिन् त्यसपछि करिब आठ घण्टा उनको फोन एक फरक ड्यूटीमा खटिएको हुन्छ। त्यसबेला उनको फोनले केही वैज्ञानिकको आफ्नो शक्त प्रयोग गर्न दिन्छ। यसको एउटा मात्रै उद्देश्य छ, कोरोना भाइरसबाट जोडिएको अनुसन्धानमा हैनालाई सहयोग पुर्‍याउनु।

पछिल्लो ११ महिना देखि यस अनुसन्धानमा सम्मिलित छ उनको फोन। रातको समय उनको फोनले वैज्ञानिकका लागि करिब २५ हजार क्याल्कुलेशन गरिसकेको छ।

हैना विश्वका करिब एक लाख मानिसमध्ये एक हुन् जो निरन्तर रुपमा ड्रिमल्याब एपको 'स्मार्टफोन कम्प्युटिङ टाइम' डोनेट गरिरहेकी छिन्।

उक्त एपले न्यूट्रिएन्ट्सको सहयोगले कोभिड-१९ का बिरामीलाई फाइदा हुनसक्छ कि सक्दैन भन्ने बारेमा अनुसन्धान गरिरहेको छ। यसमा विशेषगरि ती मानिसहरु सहभागी छन् जो लामो समयदेखि कोभिड-१९ संक्रमणबाट ग्रस्त भए।

हालसम्म कुनैपनि खानेकुराले कोरोना भाइरसबाट बच्न सक्ने वा कुनै चिजबाट भाइरल इन्फेक्सन नहुने कुरा पुष्टि भएको छैन। तर, यो एप यसैबारे प्रमाणको खोजीमा लागिरहेको छ। जसको अध्ययन ईम्पेरियल कलेज लण्डन र द भोडाफोन फाउन्डेशन च्यारिटीले गरिरहेको छ।

कम्प्युटिङ शक्ति

यो अनुसन्धानका आयोजकहरुका अनुसार जुन रफ्तारमा स्मार्टफोन कम्प्युटर नेटवर्कले गरिरहेको छ, त्यो सामान्य कम्प्युटरले गर्न निकै गाह्रो छ र यसले समयपनि धेरै खान्छ।

स्मार्टफोन कम्प्युटर नेटवर्कले जुन डेटालाई तीन महिनामा नै प्रोसस गर्न सक्छ। त्यो काम गर्न सामान्य कम्प्युटरलाई ३०० वर्ष लाग्न सक्छ।

‘यस एपको बारेमा मलाई सबैभन्दा पहिले जानकारी त्यसबेला मिलेको थियो, जतिबेला मेरा बुबालाई ब्लड क्यान्सर भएको थियो’, हैना भन्छिन्, ‘क्यान्सरको औषधि खोजी गर्ने प्रोजेक्ट मेरो पहिलो प्रोजेक्ट थियो, जसको लागि मैले आफ्नो फोनको 'स्मार्ट कम्प्यूटिङ टाइम' डोनेट गरेकी थिएँ।’

‘तर, जब कोभिड-१९ महामारी आयो तब मैले प्रोजेक्ट परिवर्तन गर्ने निर्णय गरें’, उनी भन्छिन्, ‘मलाई लाग्यो कि कुनै यस्तो प्रोजेक्टलाई ‘पावर’ दिनुपर्छ जसले कोभिड-१९ सँग जोडिएका प्रश्नको जवाफ दिन सकोस्।’

हैना हप्तामा एक वा दुई पटक यस एपको जाँच गर्छिन्। उनी भन्छिन्, ‘राम्रो लाग्छ जब थाहा हुन्छ कि आफूसँग जोडिएका कुनै चिज खास काममा सामेल हुन्छ त्यो पनि त्यसबेला जब तपाई निदाउनु भएको हुन्छ। अरु मानिसहरु किन यसमा सहभागी हुँदैनन् भन्ने बारेमा मसँग भन्नलाई कुनै कारण नै छैन।’

हैना जस्तै भोलुन्टियरहरुले वैज्ञानिकहरुका लागि करिब पाँच करोडभन्दा बढी क्यालकुलेशन गरेर सहयोग गरिसकेका छन्।

यो एपको परीक्षण विश्वका विभिन्न शहरहरुमा भइरहेको छ। बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिका जर्मनी, घाना, ग्रीस, स्पेन, पोर्चुगल लगायत करिब १७ देशमा यस एपको प्रयोगकर्ता छन्।

हैनाको घरबाट ९०० माइल दूरीमा रहेको लिस्वनस्थित एक घरमा एंजलिकाको एंजिवेडोको फोन पनि रातको समयमा यस्तै क्याल्कुलेशन गरिरहेको हुन्छ। जब उनी निदाइरहेकी हुन्छिन् तब उनको फोन चुपचाप नम्बरको खेल सुल्झाइरहेको हुन्छ।

एंजलिका भन्छिन्, ‘मेरी आमाको मृत्यु महामारीकै दौरानमा ल्यूकीमियाको कारणले भयो। सायद यही कारणले हो मेडिकलसँग सम्बन्धित समस्यालाई लिएर म अति नै संवेदनशील छु। कोभिड-१९ विरुद्ध लड्न कुनै पनि किसिमको सहयोग गर्ने अवसर मिले म त्यो प्रयास गर्नेछु।’

त्यसो त २८ वर्षीया एंजलिका हरेक बिहान एक पटक यस एपलाई हेर्ने गर्छिन्। यसबाट उनको दिनको सकरात्मक सुरुवात हुने गरेको उनी बताउँछिन्।

‘म हरेक बिहान हेर्छु कि मेरो फोनले रातमा कति क्याल्कुलेशन गर्योह। जुन मलाई आनन्द महसुस हुन्छ र लाग्छ मैले कुनै पनि किसिमले आफ्नो योगदान दिएँ।’

वैज्ञानिकको सुझाव

इम्पेरियल कलेज लण्डनको फ्याकल्टी अफ मेडिसिनका प्रोफेसर किरिल वेसेलकोवका यस अनुसन्धानम सहयोग गरिरहेका सबैजना प्रति आफू आभारी रहेको बताएका छन्।

कोरोना-‌एआइ प्रोजेक्ट हालसम्म मात्र ५५ प्रतिशत पूरा भएको छ। तर, उनको युनिभर्सिटीमा लगाइएको सुपर कम्प्युटरले पनि त्यति क्याल्कुलेशन गर्न सक्दैन जुन अहिले स्मार्टफोनको प्रयोगबाट मिलेको छ।

किरिलका अनुसार सुपर कम्प्युटरहरुभन्दा एक लाख स्मार्टफोनमा करिब दुईदेखि तीन गुणा बढी तेज हुन्छ।

उनको अनुसन्धान पत्र ह्यूमन जिनामिक्स नामक जर्नलमा प्रकाशित हुनेछ। यस अनुसन्धानमा वैज्ञानिकहरुले करिब ५० विशिष्ट अणु पाएको र त्यसमा सैद्धान्तिक रुपसँग एन्टी-कोभिड गुण हुन सक्नेमा जोड दिइनेछ।

विश्वभरका कैयौं वैज्ञानिक यस अनुसन्धानमा यसकारण इच्छुक छन् किनभने यसका लागि मानिसहरुको स्मार्टफोनको प्रयोग गर्ने तरिका अन्यभन्दा निकै फरक छ।

केही वैज्ञानिकका यसो पनि भन्छन्, ‘यदि खाने कुराबाट प्राप्त हुने विशिष्ट अणुहरुको पहिचान भएपनि, यो महामारीविरुद्ध भौतिक दुरी, स्वस्थ जीवनशैली र भ्याक्सिन नै प्रभावकारी हुनेछ।’

यस अनुसन्धानका लागि जो भोलिन्टियर गरिरहेका छन् तथा एक एपको माध्यमबाट आफ्नो फोनको वैज्ञानिक क्याल्कुलेशनका लागि समर्पित भइरहेका छन्, त्यसलाई ‘भोलेन्टियर कम्प्युटिङ’ भनिएको छ। यसको शुरुवात १९९० को दशकमा भएको बताइन्छ।

यस किसिमको अनुसन्धान यसअघि पनि विभिन्न वैज्ञानिक अनुसन्धानहरुमा गरिएका छन्। वैज्ञानिकहरुका अनुसार यो प्रविधि डेटालाई एकै स्थानमा ल्याउन र त्यसलाई क्याल्कुटलेट गर्न निकै उपयोगि हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell