PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रदेश १ मा शनिबार थप ५८ जनामा कोरोना संक्रमण, आठ जनाको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा शनिबार थप ५८ जनामा कोरोना संक्रमण, आठ जनाको मृत्यु

विराटनगर: प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ। १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी २ लाख १७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले जानकारी दिए। २ लाखको परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा बढीको कोरोना परीक्षण गरेको छ। जसले हालसम्म ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोबेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कन्काई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्यूरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित थपिएका छन्। ४६२ जनाको परीक्षण गर्दा  झापा र सुनसरीका २०/२०, मोरङका १०, इलामका ४, संखुवासभा र प्रदेश १ बाहिरका २/२  जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापाको दमकमा ६, कन्काईमा ३, कचनकवल, मेचीनगर र बुद्धशान्तिमा २/२, बाह्रदशी, भद्रपुर, हल्दिबारी, विर्तामोड र गौरादहमा १/१जनामा संक्रमण देखिएको छ।

त्यस्तै सुनसरीको इटहरीमा १२, धरानमा ६, रामधुनी र इनरुवामा १/१, मोरङको विराटनगरमा ४, सुन्दरहरैचा र उर्लाबारीमा २/२, पथरीशनिश्चरे र सुनबर्षीमा १/१, इलामको रोङमा २, इलाम नगरपालिका र सुर्योदयमा १/१, संखुवासभाको धर्मदेवी र प्रदेश १ बाहिरका २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिबार ४५ जना डिस्चार्ज भएका छन्। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ११, विराट मेडिकल कलेजबाट १० जना डिस्चार्ज भएका छन्।

त्यसैगरी बेलबारी आइसोलेसनबाट ४, विराट सामुदायिक भवन आइसोलेसनबाट ३, न्यूरो अस्पताल र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्रबाट २/२ जना संक्रमणमुक्त भइ घर फर्किएका छन्। यससँगै प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ५८२ पुगेको मन्त्रालयल जनाएको छ।

८ जनाको मृत्यु

प्रदेश १ मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने पुनः बढ्न थालेको देखिन्छ। शुक्रबार १० जना संक्रमितको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टाभित्र झापाका सातसहित आठ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा झापाका २ महिला र ५ पुरुष रहेका छन्। त्यस्तै प्रदेश १ बाहिरका एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२० पुगेको छ। जसमा १२८ महिला र २९२ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell