PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

चेल्सीमाथि एभर्टनको संघर्षपूर्ण जित



पहिलोपोस्ट

चेल्सीमाथि एभर्टनको संघर्षपूर्ण जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले चेल्सीमाथि संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्कमा भएको खेलमा घरेलु टोलीले चेल्सीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

एभर्टनको जितमा गिल्फी सिउसनले निर्णायक गोल गरे। उनले खेलको २२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यसपछि दुबैतर्फबाट गोल नहुँदा उनको गोल नै निर्णायक बन्न पुग्यो। पराजयसँगै चेल्सीले शीर्षस्थानमा पुग्ने अवसर गुमायो।

खेलमा २ हजार दर्शकहरुको उपस्थिति थियो।

जितसँगै १२ खेलबाट २० अंक जोडेको एभर्टन तालिकाको सातौं स्थानमा उक्लिएको छ। त्यस्तै पराजय ब्यहोरेको चेल्सी १२ खेलबाट २२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell